कुस्मा नगरपालिका ९ कटुवाचौपारीमा खोपकेन्द्र स्थापना गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले ४ महिनाको शिशुलाई खोप सवन गराएसँगै सेवा सुरुवात गरिएको हो । सो,अवसरमा बोल्दै कुटवाचौपारी स्वास्थ्य चौकीका इन्र्चाज बिनोद श्रेष्ठले प्रत्यक नागरीकको खोप पाउँने अधिकारी रहेको भन्दै यो सेवाको सहिसदुपयोग गर्न अनुरोध गर्नुभयो । उहाँले उमेर अनुसारको खोप लिन पाउँने अधिकारबाट कसैलाई पनि बञ्चित नगराइने बताउनुभयो । सो अबसरमा स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष घनश्याम लामिछानले स्वास्थ्यचौकीले प्रत्यक नागरीकको स्वास्थ्यसँग सरोकार राख्ने भएकाले समयअनुसारका स्वास्थ्यसेवा दिन सक्षम रहेको बताउनुभयो । उहाँले कोरोना रोकथाममा वडा कार्यालय र स्वास्थ्यचौकीले सहकार्य गदै रोकथाममा लागिरहेको समेत बताउनुभयो । कार्यक्रममा गायत्री प्राबिका प्रधानाध्यापक पिताम्बर अधिकारी,गायत्री दुर्गाभवानी स्वास्थ्य आमा समुहका अध्यक्ष गंगा अधिकारी,प्रगतिशिल आमा समुहका अध्यक्ष मेनुका अधिकारी , निर्वतमान स्वास्थ्य अहेब लक्ष्मी बैरागी लगायतले बोल्दै खोप सेवाको पूर्ण सफलताको कामना गर्नुभएको थियो । बडाध्यक्ष तथा कटुवाचौपारी स्वास्थ्यचौकीका अध्यक्ष कृष्णप्रसाद लामिछानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । भने,उक्त कार्यक्रमको संचालन हेल्थ असिस्टेण्ट अमृता कडेंलले गर्नुभएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्