४ वैशाख सुर्खेत । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन्

नेकपा एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले शुक्रबार फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन। तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिए, जसका कारण उनको सरकार जोगिएको छ ।

त्यसको भोलिपल्ट शाहीले  गर्ने तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाएका हुन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव विक्रम बुढाथोकीका अनुसार नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी भइरहेको छ । उनले अघि भने, ‘सकेसम्म सँगै सपथ हुनेछ ।’

onlinekhabar.com

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्