काठमाडौं, २६, पौष । नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशनबाट युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । 

मञ्चको भच्र्यूल माध्यमबाट पौष २५ र २६ गते काठमाण्डौमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन हुनभएको छ । यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुयाँल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।

महाधिवेशन उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पछिल्लो समय लोकतन्त्र खतरामा पर्ने संकेत देखिएको बताउनुभयो । लोकतन्त्र बिना अभिव्यक्ति स्वतन्त्रता हनन् हुने र स्वतन्त्र पत्रकारितालाई समेत आघात पुग्ने बिष्टले बताउनुभयो ।

पत्रकार सुरक्षा, वृत्ति विकास र क्षमता विकासका क्षेत्रमा पत्रकार मञ्चले उल्लेख्य काम गरेको बताउँदै बिष्टले मञ्चका क्रियाकलापले नेपाली पत्रकारिताको उत्थानमा सहयोग पुगेको समेत बताउनुभयो । ‘नेपाली जनजीवनका सवालको उठान गर्दै देशको सार्वभौमिकताका पक्षमा नेपाली पत्रकारको कलमलाई बलियो बनाउन मञ्चले आफ्ना सदस्यहरुलाई प्रेरित गर्ने र पत्रकारको पेशागत सुरक्षामा सदैब अग्रपङ्तिमा रहनेछ भन्ने महासंघको विश्वाश छ ।’ सहासचिव विष्टको भनाइ थियो ।

उक्त कार्यक्रममा नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक आरती चटौतले व्यवसायिक पत्रकारिताले नै समाज रुपान्तरमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिताले सामाजिक उत्तरदायित्वलाई समेत आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल पत्रकार मञ्चले कोभिड–१९ को संक्रमणका बेला पत्रकारको सुरक्षाका निम्ति समेत विशेष कार्यक्रमहरु आयोजना गर्नु महत्वपूर्ण संस्थागत कार्य भएको बताउनुभयो ।
मञ्चमा हाल विभिन्न सञ्चार माध्यममा क्रियाशील २ सय जना पत्रकारहरु सदस्य रहेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्