पर्वत ।
पर्वत जेसीजको २५ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेसीस पर्वत बर्ष २०२० का अध्यक्ष रामु शर्माले जेसीस पर्वत बर्ष २०२१ का अध्यक्ष सुमन श्रेष्ठलाई जेसीज लोगो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जेसीज नेपालका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीजमा आबधता भई सधैं बिधिको शासनलाई पालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसको नेतृत्वले मानव जीवनको सरल , सफल र स्वतन्त्र क्षण प्राप्त गर्ने बिन्दू हासिल गर्न सक्ने भन्दै यसको गरिमा कायम राख्नुपर्ने बताउनुभयो । जेसीस पर्वत बर्ष २०२० का अध्यक्ष रामु शर्मा र जेसीस पर्वत बर्ष २०२१ का अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको संचालन जेसीज पर्वत बर्ष २०२१ का माहसचिव उषा चापागाँई र जेसीज पर्वत बर्ष २०२० का माहसचिव सुमन श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम मार्फत जेसीस पर्वत बर्ष २०२० को कार्यकालका संयोजकहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्