मौसम फ़ेरिएसंगै पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमण भयाबह बन्दै गएको छ। पोखराका अस्पतालहरुमा उपचाररत ८ जनाको एकैदिन मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, आज मात्र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने गण्डकी मेडिकल कलेजमा थप ३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। पोखरा २७ का ७१ वर्षीय बृद्ध, पोखरा ८ का ५४ वर्षीय पुरुष, तनहुँ म्याग्दे ४ का ५१ वर्षीय पुरुषको उपचारकै क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो भने पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा पोखरा ९ क ६८ वर्षीय बृद्ध, पोखरा २१ का ७५ वर्षीय बृद्ध, पोखरा १७ क २९ वर्षीय युवक र पोखरा १३ का ५५ वर्षीय पुरुष, तनहुँ भिमाद ५ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ। यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्