बिपी कोइराला युवा नेतृत्व बिकास मंच कास्कीको समिति बिस्तार भएको छ। लोकतन्त्रमा बिश्वाश राख्ने ,लोकतन्त्रमा आफ्नो भबिष्य खोज्ने ,लोकतन्त्रमा नै समुन्नत नेपालको सपाना देख्ने युवाहरुको नेतृत्व एवं व्यक्तित्व बिकाश गर्दै जननायक स्व बिपी कोइराला बाट ब्यक्त विचार ,प्रतिपादित नीति र अवधारणाहरु लाई बिश्वब्यापी पुर्याउने उदेश्यले स्थापना भएको यस मंचको कास्की जिल्ला अध्यक्षले समिति बिस्तार गरेको जानकारी दिएका छन्। समितिको उपाध्यक्षमा ने बि संघ सहित विभिन्न संघ संस्थामा आवद्द सफल ब्यबसायी नगेन सिंह ठकुरी , पेशागत रुपमा सफा डा नरेन लामिछाने ,तिन सचिब मध्य बिद्यार्थी आन्दोलन को योद्दा शिवहरि अधिकारी ,लामो समय काङ्ग्रेशको राजनीतिमा आवद्द बाबुराम तिवारी ,बिद्यार्थी आन्दोलनको ऐतिहासिक बिन्दुमा चर्चा कमाएका बिनय पौडेल छन् भने कोषाध्यक्षमा सरिता कुँवर , सहसचिबमा दिपेश पराजुली ,जीवन भण्डारी रहेका छन्। साथै २५ सदस्यीय यस समितिमा विभिन्न पालिका तथा क्याम्पस बाट प्रतिनिधित्व हुने गरि समेटेर समिति बिस्तार गरिएको मनोनित सचिब शिबहरि अधिकारीले बताउनु भएको छ |

अग्रज देखि अनुज सम्म समेटिएको यस समितिमा रहेर काम गर्दा आफुले सिकेका सैदान्तिक बिषयलाई अनुज सम्म र पछिल्लो पुस्ताका भावना अग्रज ले बुझ्न सकिने हुदा खुसि लागेको उपाध्यक्षमा मनोनित नगेन सिंह ठकुरी ले बताउनु भयो।


केन्द्रिय अध्यक्ष निलकण्ठ रिजालले कास्की समिति मा संस्थागत रुपमा खारिएका व्यक्ति भएकोले बीपीका बिचार लाई जनसमक्ष पुर्याउन सहज हुनुका साथै सामाजिक काम समेत हुने बिश्वाश ब्यक्त गर्नू भएको छ।
बिपी कोइराला युवा नेतृत्व मंच केन्द्रिय सदस्य तथा कास्की कांग्रेशका नेता आमन्त्रित सदस्य लक्ष्मण पहारीले कास्की समिति बिस्तार बारे शुभकामना ब्यक्त गर्दै आगामी दिनमा केन्द्रको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ।
लामो समय क्रियाशिल बिपी कोइराला युवा नेतृत्व बिकास मंच जिल्लागत तथा प्रादेशिक रुपमा समिति बिस्तारको क्रममा रहेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्