१५ माघ
पर्वत । कुश्मा नगरपालिका २ खुर्कोट निवासी वोनम्यारो वाट पिडित विरामी नन्दकुमारी गिरीको उपचारका लागी सहयोग संकलन तिव्र भएको छ । आज एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले ३१ हजार सहयोग हस्तान्तरण गर्नु भयो । विरामीका पति गणेश गिरीलाई रकम हस्तान्तरण गर्दै जोशीले विरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । विरामीको उपचारका लागी थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

विरामीको उपचारका लागी नेपाल विद्यार्थी संघ हिमालय मा वि खुर्कोट ईकाई समितिका सभापती विवेक गिरीको पहलमा उक्त रकम संकलन भएको थियो । नेपाल विद्यार्थी संघका सदस्यहरुले आफुले खाजा खाने रकम कटाएर विरामीको उपचारका लागी सहयोग गरेका थिए । सामाजिक संजालको प्रयोग गरि गिरीले सहयोगका लागी सवै संग आहन गर्नुभएको थियो । नेपाली कांग्रेसका शुभचिन्तक तथा सामाजिक अगुवाहरुले समेत उक्त रकम सहयोग गरेका हुन ।
वोनम्यारो प्रत्यारोपणका लागि थप २५ देखि ३० लाख रुपैया लाग्ने डाक्टरहरुले वताएका छन् । आर्थिक अभावका कारण उपचारमा वाधा पर्नथाले पछि नन्दकुमारी गिरीको परिवारले सहयोगका लागी अनुरोध गरेका थिए । सहयोग गर्ने हातहरु वढिरहेको विरामीका पति गणेश गिरीले वताए ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्