काठमाडौँ । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल)  समूहले काठमाडौँमा मोटरसाइकल र्यालीको आयोजना गरेर विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको र्याली पुतलीसडक, बागबजार, शहीदगेट, त्रिपुरेश्‍वर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने पुगेर र्याली समापन भएको हो ।

र्यालीमा सहभागी व्यक्तिहरले सूर्य चिन्ह भएको झण्डा, नेपालको राष्ट्रिय झण्डा बोकेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्