नेपालको प्रतिनिधित्व गर्दै इजिप्टमा हुने मिस इकोमा सहभागी हुँदै रक्षा

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो ।

बुधबार स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको हो । उप्रेतीलाई पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता रोनाली अमात्यले ताज लगाईदिएकी थिइन् ।
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालबाट रक्षा उप्रेती सहभागी हुनेछिन् ।

गत बर्ष ‘मिस इको इन्टरनेशनल’ शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतियोगीतामा टप २० मा पुग्न सफल उनी अहिले अमेरिकाको ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गदैछिन् ।

आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगीतामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका लागि उप्रेती नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् ।

मिस इको इन्टरनेशनलको उप्रेती नेपालको सातौँ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले, मौनता लामा, अनुश्मा रायमाझीले सहभागिता जनाएका थिए ।

उप्रेतीले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार ब्यक्त गरिन् । मिस इको इन्टरनेशनलमा २०१५ देखि नेपालले प्रतिनिधित्व गर्दै आएको छ ।

मिस इको इन्टरनेशनल’ एक अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि यो सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्