नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरको राजीनामा

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार खराब प्रदर्शन संगै मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिनुभएको छ ।

चार महिनाअघि मात्र टोली सम्हाल्नु भएका भुतपूर्व भारतीय राष्ट्रिय खेलाडी प्रभाकरले दिल्ली गएसँगै राजीनामा दिनुभएको नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्त मल्लले नेपाल टेलिभिजनसँगको कुराकानीमा जानकारी दिनुभयो ।

नामिबिया भ्रमणमा नेपाल जितबिहिन भएपछि प्रभाकरमाथि राजीनामा दिने दवाब बढेको थियो । टोलीमा खेलाडीले समेत उहाँको प्रशिक्षण शैलीमाथि प्रश्न उठाएका थिए भने नेपाली ब्याटिङ झन् धराशायी भएको भन्दै धेरैले असन्तुष्टि जनाएका थिए ।

यसैबीच केहि दिन अघि मात्र क्यान प्रतिनिधि र प्रभाकर बीच छलफल सुरु भएको भए पनि बीचैमा छोडेर स्वदेश फर्कनु भएको थियो । विश्वकप लिग टु अन्तर्गत एक दिवशीय मान्यता जोगाउन संघर्षरत नेपाली टोली अहिले पछिल्लो समयकै कमजोर प्रदर्शन गरिरहेको छ ।-

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्