कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न पाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै संक्रमित शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने जानकारी दिएको हो। 

यस्तै शव व्यवस्थापनमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जनालाई सहभागी हुन पाइने छ। यद्यपि, संक्रमितको शव व्यवस्थापन गर्न सम्भव नभए नेपाली सेनाले सहयोग गर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। 

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्