५६ पिन्ट रगत संकलन

पोखरा : दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिँदा जाँदा अस्पतालहरूको सङ्ख्या धेरै रहेको पोखरामा रगतको अभाव हुन नदिनको लागि लायन्स क्लब अफ पोखरा भिजिटले घुम्ती तथा आकस्मिक रक्तदान कार्यक्रमहरू सुरु गरेको छ।
पोखराका भिन्न ठाउँमा गरेको रक्तदान संकलन कार्यक्रम बाट ५६ पिन्ट रगत संकलन गरिएको क्लबका अध्यक्ष लायन कमल पौडेलले जानकारी दिएका छन्। पोखराको बिन्दुबासिनी ,दिप ,हेम्जा ,पर्स्यांग ,लेकसाइड मा गरिएको प्रथम चरणको एक दिने कार्यक्रम अति नै सफल भएको कार्यक्रम संयोजक लायन दिपेश पराजुलीले जानकारी दिएका छन् ।

रक्तदान गर्दै रक्तदाता

पोखराको बिन्दुबासिनी बाट सुरुगरिएको कार्यक्रममा नेपाल बिद्यार्थी संघ स्याङ्जा का अध्यक्ष अजित क्षेत्रीलाई प्रमुख नेपाल रेडक्रस सोसाइटी अन्नपुर्ण गाउँपालिका कोषाध्यक्ष बाबुराम भण्डारी ले ब्लड ब्याग हस्तान्तरण गरि सुरु गरिएको जानकारी संयोजक पराजुलीले दिनु भएको छ।

लायन्स क्लब अफ पोखरा भिजिटले गत बर्षको लकडाउनमा पनि रक्त संचारकेन्द्रको प्राबिधिक सहयोगमा घर घरमा पुगेर रगत संकलन गरि उच्च योगदान पुर्याएको रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली बताउनुहुन्छ।
लायन्स क्लब अफ पोखरा भिजिट लायन्स क्लब अन्तरराष्टिय ३२५ बि १ अन्तर्गत बर्ष २०२०/२१ मा गण्डकी धौलागिरि एरियामा सबैभन्दा रगत संकलन गरि सम्मानित गरिएको क्लब रहेको साथै क्लबको योगदानलाई आगामी दिनमा मुल्यांकन गरिने क्लबका जोन चेयर पर्शन भिष्म राज पौडेल बताउनु हुन्छ।

रक्तदान गर्नु भएका रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख अतिथि


लायन्स क्लबका ३२५ बि १ का रक्तदान प्रमुख बालकृष्ण शर्माले यो जटिल अवस्थामा क्लबको योगदान अनुकरणीय भएको बताउदै अन्य क्लब बाट पनि यस्तै कार्यक्रम हुने आशा ब्यक्त गर्दै क्लबको काम प्रति गर्व लागेको बताउनु भएको छ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अन्नपुर्ण गाउँपालिका कोषाध्यक्ष बाबुराम भण्डारी घुम्ती शिविरको प्रमुख अतिथि यस्तो जटिल अवस्थामा क्लबले गरेको कार्यक्रम अत्यन्तै सराहनीय भएको बताउदै आगामी दिनमा पनि हुने अपेक्षा गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भएको थियो।

प्राबिधिक सहयोग गर्ने रक्तसंचार केन्द्र पोखरा ,अतिथि ,रक्तदाता,समन्वय गरिदिनु हुने सम्पूर्ण प्रति धन्यबाद ब्यक्त गर्दै कार्यक्रम पोखराको लेकसाइडमा समापन क्लबका सचिब रामहरी वाग्लेले बताउनु हुदै केहि दिनमा अन्य जिल्लामा समेत रक्तदान कार्यक्रम गर्ने जानकारी दिनु भएको छ।

रक्तदान गर्नु भएका रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख अतिथि
रक्तदान गर्नु भएका रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गर्दै
रक्तदान गर्नु भएका रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख अतिथि

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्