
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परकाे छ ।
पोखरा महानगरपालिका– १७ को सेती खोंचमा जहाज दुर्घटनामा परेको हो ।
एएनसी एटीआर ७२ जहाज ले ६८ जना यात्रु बोकेर गएको खुलेको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।
पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन् ।
क्षतिकाे विवरण खुलिसकेकाे छैन । दुर्घटनास्थलमा आगाे निभाउने प्रयास भइरहेकाे छ ।
पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा भिडियो सहित