पोखरा : आर्थिक अभावका कारण घाँस काट्ने बेलमा लडेर टाउकोमा गम्भिर चोट लागेका बागलुङका १८ वर्षिय अविशेक रोकाको उपचारमा समस्या पैदा भएको छ।
आफ्नै गाउँमा घाँस काट्ने क्रममा रूखबाट लडेर टाउकोमा रगत जमेको तथा अन्य अंगहरु क्षतविक्षत भएको र उनको उपचारका लागि तत्काल गाउँलेहरूको सहयोगमा पोखरा फेवासिटी अस्पतालमा अविशेकलाई भर्ना गरिएको छ।
बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १३ कालाखोला साविकको पैयुपाटा गा वि स वडानं ८ कालाखोला निवासी अबिशेक रोकालाई आर्थिक सहयोग गरि बचाइदिन बाबु कृष्ण रोका र आमा सरस्वती रोकाले देश विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीसँग अनुरोध गरेकी छन्।
डाक्टरको सल्लाहअनुसार तत्काल टाउकोको अपरेसन गर्नुपर्ने भएकाले धेरै पैसा आवश्यक पर्ने भएको तर घरको आर्थिक अवस्था निकै नै दयनीय भएकोले अविशेकलाई बचाउन आफूसँग केही नभएको बावु कृष्ण रोका र आमा सरस्वती रोका बताए।
“गाउलेको सहयोगमा पोखरा उपचारको लागि ल्याइयो, आफूसँग भएको पैसा पनि सकियो अब टाउकोमा रगत जमेकोले अपरेशन गर्नुपर्छ डाक्टरले भन्नुभएको छ के गर्ने सोच्नै सकिएको छैन, देश विदेशमा रहनुभएका दाजुभाइदिदीबहिनीहरुले आफूले सक्दो सहयोग गरि छोरा बचाइदिनु,” रुदै बाबु कृष्णले भने।
घरमानै कृषि काम गरी जेनतेन आफ्नो जीविकोपार्जन गर्दै आएका रोका परिवारले आर्थिक जोहो गर्न नसक्दा उपचारमा कठिनाइ भएको आमा सरस्वतीले बताइन्।
रोकालाई आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावले ग्लोबल आइएमई बैकको खाता नं. ६६०७०१०००००१४ मा जम्मा गरि सहयोग गर्न अनुरोध गरेका छन् भने विस्तृत जानकारीको लागि विष्णु खत्री मोवाइल नं. ९८४७६२०२४०, ९८०६१११४५४ मा सम्पर्क गर्न समेत परिवारले अनुरोध गरेको छ।


अविशेक रोका
अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्