बिश्व हिन्दु महासंघ नेपाल कास्की निवर्तमान अध्यक्ष तथा विश्वहिन्दु महासंघ नेपाल गण्डकी प्रदेश स्तरिय मातृशक्ती परिचालन समितीको अध्यक्ष सामाजिक ब्यक्तित्व पार्बता पौडेल आज एक कार्यक्रमका बीच पार्टि प्रवेश गर्नु भएको छ।
बिगत लामो समय देखि धार्मिक तथा सामाजिक क्षेत्रमा क्रियाशील पार्बता पौडेल को राजनैतिक पृष्ठभुमि भने कांग्रेश रहेको थियो । स्कुले जीवन देखि नेपाल बिद्यार्थी संघ बाट राजनीति सुरु गर्नु भएकी पौडेलले आफ्नो जग नेपाली कांग्रेश भए पनि पार्टीले राजनैतिक एजेन्डा छाडेर हिडेकोले अब रहन सक्ने अवस्था नरहेको बताउनु भएको छ। उहाँले बिगत सम्झदै भन्नु भयो। कांग्रेश बाहेक अन्य पार्टीमा प्रवेश गर्छु भन्ने कल्पना समेत गरेको थिइन् । यो देश तपोभुमि ,सनातन धर्मको उद्गम स्थल भएको र जोगाउनको लागि बर्तमानमा भएका धार्मिक अतिक्रमण तथा राष्ट्रीयता जोगाउनको निमित्त राप्रपाको एजेन्डा मन परेर प्रवेश गरेको जानकारी दिनु भएको छ।

पार्टी प्रवेश कार्यक्रममा पार्बता पौडेल


बिगत १४ बर्ष देखि बिगत देखी कास्कीमा धार्मिक तथा सामाजिक क्षेत्रमा कार्य गर्ने क्रममा मानव मिलन नारी जागरण नेपाल कास्किमा पाँच बर्ष महासचिव पदमा र दुई बर्ष अध्यक्ष पदमा रहि काम गर्नु भएको थियो। पोखरा कुवर टोल बिकास सस्थाको अध्यक्ष , टोल बिकास सस्था समन्वय समिति वडा नम्बर -८ को महासचिव, श्री सहयात्री मिलन केन्द्र कास्कीको संरक्षक, विश्वहिन्दु महासंघ नेपाल कास्की पोखरा महानगर महिला समितिको अध्यक्ष, जिल्ला समितिको उपाध्यक्ष, हुदै जिल्ला समिति को अध्यक्ष पदको जिम्मेवारीमा रहि कार्य गर्नु भएको छ। यसैगरी अर्घाखाँची पोखरा सम्पर्क समाज महिला बिभाग संयोजक, जेष्ठ नागरिक सरोकार समाज कास्कीको कार्यसमिति सदस्य, ब्राह्मण समाज नेपालको आमन्त्रित केन्द्रिय सदस्य जस्ता महत्वपूर्ण जिम्मेवारी पदमा रहि कार्य गरिरहनु भएकी पौडेल देशमा रहेका पार्टी धर्म बेचेको ,सनातन धर्म खतरामा परेको उल्लेख सनातन धर्म संरक्षणमा राप्रपाको एजेन्डा तथा अध्यक्ष राजेन्द्र लिङ्ग्देनको भ्रष्टाचार बिरुद्दको चटानि अडानका कारण प्रवेश गरेको जानकारी दिनु भएको छ। राप्रपाका केन्द्रिय सचिवालय प्रमुख हेमजुङ्ग गुरुङ ,प्रदेश अध्यक्ष ,केन्द्रिय सदस्य तथा पोखरा महानगर पालिकाका मेयरका प्रत्याशी शंकर पन्चमान गुरुङ ,,जिल्ला अध्यक्ष नारायण गुरुङ सहितका नेताहरुले स्वागत गर्दै धार्मिक अभियन्ता एक जुट नहुने हो भने देश बर्बादीको अवस्थामा पुगेको बताएका थिए।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्