१८ वैशाख
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा संयुक्त बाम गठबन्धनको तर्फका उम्मेदवारहरुलाई विजयी वनाउनका लागी घरदैलो कार्यक्रम शुभारम्भ भएको छ । वडा अध्यक्षका प्रत्यासी लालकृष्ण वास्तोलाले खुर्कोटको कोत कालिका मन्दिरमा पुजा गरेर अभियानको शुभारम्भ गरेका छन् । खुर्कोटको शक्तिपिठमा रहेको कोत कालिका मन्दिरको प्राड्गढमा सयौ जनाको उपस्थितिमा कोण सभा समेत संचालन भएको थियो । साविक वडा नं. ९ का घरधुरीमा घरभेट गर्दै वडा अध्यक्षका प्रत्यासी लालकृष्ण वास्तोला सामु वडाको विकासका लागी टोलका मागहरु राखेका थिए ।

गठवन्धनका तर्फवाट उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर आफुलाई भोट माग्ने र जनताका समस्याहरु वुझेका थिए । वडा कार्य समितिका सभापती तथा प्रचार प्रसार समितिका संयोजक तिर्थ प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव गोविन्द प्रसाद रेग्मीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षत्रिय सभापती गंगाधर पौडेलले खुर्कोटमा कांग्रेस प्रतिको आस्था र विस्वास वढेको वताए । खुर्कोट कांग्रेसको उर्वरा भुमि हो । यस ठाउंवाट फेरी पनि कांग्रेसलाई जिताउनू छ त्यस्मा सवै एक मत भएर मतदान गर्न आग्रह गरे । गठवन्धनले अझै विजयलाई सुनिश्चत गरेको धारणा राख्दै गठवन्धनलाई अझै कसिलो वनाउनु पर्ने वताए । कार्यक्रममा नेकपा माओवादीका लाल वहादुर खत्री,नेपाली कांग्रेसका अग्नीधर शर्मा लगायतले आपनो भनाई राखेका थिए ।


कार्यक्रममा खुर्कोटका पूर्व अध्यक्ष यदुनाथ शर्मा वास्तोला,लोकतान्त्रिक गैरसरकारी संस्थामहासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री,शिक्षक संघका जिल्ला सचिव यज्ञ वास्तोला,शिक्षक यूनियन पर्वतका पूर्व सचिव वालकृष्ण वास्तोला लगायतको उपस्थिति रहेको थियो ।


खुर्कोटको साविक वडा न ८ र ९ का वांकी घरधुरीमा १९ गते ७ वजे विहान वाट घरभेट कार्यक्रम संचालन गर्ने प्रचारप्रसार समितिका सह संयोजक गणेश वहादुर क्षेत्रीले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्