पोखरा, ६ साउन

पोखराको लेकसाइडस्थित एक होटलमा युवतीमाथि सामूहिक बलात्कार भएको छ । इटहरी घर भएकी पीडित युवतीका अनुसार २ जनाले उनी माथि बलात्कार गरेका हुन् । सामूहिक बलात्कारमा सम्लग्न रहेको आरोपमा नेपाली कांग्रेस नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । घटनामा सम्लग्न अर्का आरोपित राजु रावत भने फरार रहेको कास्कीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । पीडित युवतीले प्रहरीमा दिएको उजुुरी अनुसार गत असार २२ गते उनी माथि सामुहिक बलात्कार भएको हो । पीडित युुुवतीले काठमाडौंको मालीगाउँ प्रहरी वृत्तमा जाहेरी दिएपछि असार २५ गते पाण्डे काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैंजुुबाट पक्राउ परेका हुुन् । नुुवाकोट जिला बेलकोटगढी १३ स्थायी घर भएका पाण्डे नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क) का प्रवक्ता समेत भएको बुझिएको छ । पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन्दै पाण्डेलाई पक्राउ गरी कास्की पठाइएको हो । पाण्डे विभिन्न व्यवसाय आवद्ध रहेको उनका निकटहरुले बताएका छन् । फरार राउत भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी हुन् । उनको खोजी कार्य भइरहेको कास्की प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राउत र ती युवतीबीच टिकटक मार्फत् करिब ७ महिना अघि चिनजान भएको हो । इटहरी घर भएकी ती युवतीलाई रावतले २ साता अघि काठमाडौं बोलाएको र पछि आफू चितवन भएको भन्दै उतै आउन भनेका थिए । चितवनबाट युवतीसहित ५ जना असार २२ गते पोखरा आएका थिए । पोखरामा एक रात बस्ने क्रममा आफूमाथि पाण्डे र रावतले सामुहिक बलात्कारर गरेको युवतीको दाबी छ । अन्य २ जनाले भने पोखराबाट काठमाडौं फर्किदा आफूलाई दुव्र्यवहार गरेको उनको भनाइ उद्धृत गर्दै प्रहरीले बताएको छ । प्रहरीका अनुसार काठमाडौ पुुगेको भोलिपल्ट युवतीले मालीगाउँ वृत्तमा आफूमाथि सामुुहिक बलात्कार भएको भनी उजुरी गरेकी हुन् । पाण्डेलाई छुटाउन नेपाली कांग्रेसका नेताहरुले गृह मन्त्रालयको संयन्त्र प्रयोग गर्न खोजेको भएपनि त्यो सम्भव नभएको स्रोतले बताएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्