पर्बत जिल्ला बाट अध्ययन ,रोजगारी तथा पेशा ब्यबशायको शिलशिलामा जापानमा आई बसोबास गर्ने नेपाली बीच आपसी सहयोग आदाप्रदान तथा जन्मभुमिको सेवामा समर्पित गर्ने उदेश्य ले सन् २००९ मा स्थापना गरिएको पर्बत समाज जापानको सातौ अधिबेशनको मिति निर्धारण भएको छ |
अक्टोबर १ २०२२ का दिन जापानको टोकियो स्थित ओकोबू किंग्स बारको सभाहलमा दिनको ११ बजे अधिबेशन आयोजना गरिएको संस्थाका महासचिव राम बास्तोलाले जानकारी दिनु भएको छ |
अधिबेशनमा आर्थिक तथा साँगठनिक प्रतिबेदन पेश हुनेछ | अधिबेशनले पर्बतेलीहरुको सामुहिक एक्यबद्दता तथा उपलब्धिको बारेमा छलफल हुनुका साथै नयाँ कार्यसमिति चयन हुनेछ |
अधिबेशन सम्पन्न गर्नको लागि संस्थाका सल्लाहाकार ओम गुरुङको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन कमिटि गठन गरिएको छ | निर्वाचन कमिटिको सदस्यमा संस्थापक अध्यक्ष ईश्वर जोशी ,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले रहनु भएको छ |
अधिबेशन चुस्त र दुरुस्त सम्पन्न गर्नको लागि जिल्लाका साविक ५५ गाविस तथा हालका सात ओटै पालिकाका लाइ समेटनको लागि गरि संयोजक तोकेर सदस्य संकलन कार्य गरिएको बास्तोलाले जानकारी दिनु भएको छ |
पर्बत समाज जापान जुन उदेश्यले स्थापना गरिएको हो त्यो उदेश्य पुरा गर्नको लागि समाजले भूमिका खेलिरहेको बताउदै संस्थापक अध्यक्ष जोशीले आगामी कार्य समितिले महत्वपुर्ण भुमिका खेल्ने आशा ब्यक्त गर्नु भएको छ | पी के आर दैनिक संगको कुराकानीमा जोशीले उनले भने जन्मभुमिको सुख दुखमा हामि हिजो पनि सगै थियौ भोलि पनि हुनेछौ |
अधिबेशन सम्पन्न गर्नको लागि तयारी पुरा भएको जानकारी गराउदै अध्यक्ष जनक सुबेदीले निर्धारित मिति,स्थान र समयमा सम्पन्न गर्नको लागि जापान बासि पर्बतेली माझ आह्वाहन गर्नु भएको छ |

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्