बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन ।

गायिका अधिकारीको उक्त स्ट्याटसमा सकरात्मक भन्दा पनि नकरात्मक कमेन्टहरू आउन थालेपछी उनी उक्त स्ट्याटस डिलिट गर्न बाध्य भएकी छिन् ।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दु:खद् घटना भोगिरहेकी छु ।’

उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्ट पारेकी थिइन् ।जिल्ला अदालत नवलपुरले पीडकबाट रु दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिने मनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्