राष्ट्रपति भण्डारी र माधव नेपाललाई बालेनले भनेः कुन मुखले भोट माग्नुहुन्छ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको काठमाडौं महानगरका मेयर बालेनले कटाक्ष गरेका छन्।

बालेनले वर्षौदेखिको समस्या भण्डारी र नेपालले हल गर्न नसकेको भन्दै अब कसरी भोट भाग्नुहुन्छ भन्दै प्रश्न गरेका छन्।

तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर सामाजिक सञ्जालमा राख्दै अब कुन मुख देखाएर जनता माझ भोट माग्न जाने भन्दै कटाक्ष गरेका हुन्।

उनले भनेका छन्,‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन। अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु।’

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्