पर्बत समाज जापानको ७ औं अधिबेशन सम्पन्न भएको छ । आज टोकियोमा सम्पन्न अधिबेशनले तिन बर्षे कार्यकाको लागि अध्यक्ष सुभाष लामिछाने ,महासचिब राम बास्तोला सहित् २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष निर्वाचित सुवाष लामिछाने निवर्तमान समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो भने राम बास्तोलाले पुन : महासचिबमा दोहोराउनु भएको छ ।

समाजको उपाध्यक्षमा मुक्तिराज रेग्मी ,रमेश काफ्ले , बसन्त जोशी चयन हुनुभएको छ भने द्वय सचिबमा राजेन्द्र शर्मा ,बिमल न्यौपाने चयन हुनुभएको छ। कोषाध्यक्षमा रामचन्द्र सापकोटा ,सह–कोषाध्यक्षमा रमेशराज जैसी चयन हुनुभएको छ । सदस्यमा क्रमश कृष्ण भुसाल ,अर्जुन तिवारी ,रबिन सुबेदी ,पुरुसोत्तम बास्तोला , शिव रेग्मी ,नवराज आचार्य ,योगनाथ आचार्य ,बिनोद भुसाल शर्मा ,बालकृष्ण रिजाल ,बिनोद न्यौपाने ,बिकास पौडेल ,रामकृष्ण आचार्य ,सागर सापकोटा ,नारायण पौडेल चयन हुनुभएको निर्वाचित महासचिव राम बास्तोलाले जानकारी दिनु भएको छ । आइ सी सी का उपमहासचिब ओम गुरुङज्युको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,अनेश जापानका अध्यक्ष , सहितको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि सहितका बक्ताहरुले बोल्दै परदेशमा हुदाँ भातृत्व बिकास ,साथ् सहयोग र जन्मभूमिको रिण तिर्न यस्ता समाजको भूमिका महत्वपुर्ण हुने बताउदै निवर्तमान समितिलाइ धन्यबाद दिदै नयाँ निर्वाचित हुने समितिलाइ कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो। निर्वाचन मण्डलका संयोजकमा ओम गुरुङ सदस्यमा मोहन घले साथै इश्वर जोशी रहनु भएको थियो।

कार्यक्रममा कोषाध्यक्षको प्रतिबेदन बिमल न्यौपाने ,संस्थागत परिचय रबिन शर्मा , महासचिबको प्रतिबेदन राम प्रसाद बास्तोलले प्रस्तृत गर्नु भएको थियो। अन्तर्राष्टिय पर्बत समाजका अध्यक्ष झलक केसी ज्युले शुभकामना रुपी मन्तब्य पठाउनु भएको थियो भने महासचिवले पढेर सुनाउनु भएको थियो। नवनिर्वाचित अध्यक्ष सुभाष लामिछाने ज्युले समाजको गरिमा लाइ सार्थक तुल्याउन सक्दो भूमिका खेल्ने बताउदै सबैको साथ् अपरिहार्य बताउनु भएको थियो। जनक सुबेदी ज्युको अध्यक्षतामा भएको कार्यक्रम महासचिब राम बास्तोलाले सचालन गर्नु भएको थियो।
आजै निर्वाचित समितिको प्रथम बैठक बसी निवर्तमान समितिलाइ धन्यबाद सहित प्रबक्तामा रबिन शर्मालाइ चयन गरेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्