पोखरामा आज २ कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

कास्की जिल्लाको पोखरा महानगरपालिका १३ का ६६ वर्षीय कोरोना संक्रमित महिलाको मङ्सिर १० गते बेलुका ९ः३० मा मणिपाल अस्पतालमा मृत्यु भएको हो। उहामा मङ्सिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

लमजुङ्ग जिल्लाको मध्येनेपाल नगरपालिका ७ का ८७ वर्षीय कोरोना संक्रमित महिलाको मङ्सिर १० गते बेलुका २ः३० मा कास्की सेवा अस्पतालमा मृत्यु भएको हो। उहामा मङ्सिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उहामा SHORTNESS OF BREATH , HYPERTENSIVE को समस्या रहेको थियो।

गण्डकी प्रदेशमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या १४४ पुगेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्