पर्वत

राष्ट्रिय जनजागरण युवा संजाल पर्वतले सदरमुकाम कुश्माबजारमा बृहद मोटरसाईकल र्‍याली आयोजना गरेको छ । संवैधानिक राजसंस्था सहितको हिन्दु राज्य कामयम गर्न माग गर्दै यहि पौष १४ गते मंगलवार कुश्माबजारमा मोटरसाईकल र्‍याली र कोणसभा गर्न लागेको हो ।
मुलुकलाई अभिसप्त र संकटापन्न अवस्थामा मोचन गर्न र मुलुकका सम्पुणर् राष्ट्रवादी, प्रजातन्त्रवादी, संवैधानिक राजतन्त्रवादी र हिन्दु धर्म प्रति आस्था राख्ने जनमुदायलाई सचेत बनाउँदै वर्तमान अवस्था र राज्यव्यवस्थाको विरुद्ध आवाज उठान र्‍यालीको आयोजना गरिएको हो ।
मुलुक झन-झन् अस्थिरता अनिणर्य र अन्यौलतर्फ धकेलिँदै गएको भन्दै सहि निकास दिनको लागि सम्वन्धित पक्षलाई सचेत गराउन दबाबमुलक र्‍याली आयोजना गरिएको संजालका प्रवक्ता राजन गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोणसभामा विभिन्न वक्ताहरुले सम्वोधन गर्ने कार्यक्रम समेत रहेको छ । २०१५ साल र २०७४ सालमा प्राप्त उपलव्धी गुम्दै गएको अवस्थामा मुलुकप्रति जिम्मेवार पक्षहरुलाई सचेत गराउन सडकवाट आवाज उठाउन लागिएको संजालका अध्यक्ष प्रेम गुरुङ अशोकले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्