काठमाडौं । चाणक्य नीतिको दोस्रो अध्यायमा आचार्य चाणक्यले साथी, धनसम्पत्तिको बारेमा सुझाव दिएका छन् । उल्लिखित नीतिहरूको अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं। सन्तति बारे चाणक्य नीतिको पहिलो अध्यायको तेस्रो र चौथो श्लोकमा भनिएको छ –  जसको पुत्र आफ्नो पिताको वशमा रहेको छ, जसकी स्त्रीले आफ्नो पतिको आज्ञा पालन गर्दछे अर्थात् इच्छा अनुसार चल्दछे, जो थोरै धनसम्पत्तिमा पनि सन्तुष्ट रहन सक्दछ, त्यस्ता मानिसहरुको लागि स्वर्ग यहीँ नै छ ।

 ते पुत्रा ये पितुर्भक्ताः स पिता यस्तु पोषकः ।
तन्मित्रं यत्र विश्वासः सा भार्या यत्र निर्वृतिः ।।४।।
 त्यो नै वास्तविक पुत्र हो, जो आफ्नाो पिताको भक्त (आज्ञाकारी) छ । त्यसैगरी जसले आफ्नो सन्ततिको राम्रोसँग पालन गर्दछ, त्यो नै वास्तविक पिता हो । त्यो नै वास्तविक मित्र हो जसमाथि हामी पूर्ण विश्वास गर्न सक्दछौँ र जसबाट सुख प्राप्त हुन्छ, त्यो नै सही स्त्री (पत्नी) हो ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्