पोखरा कास्की

“राष्ट्र निर्माणका लागि चरित्र निर्माण” भन्ने मूल अभिप्रायलाइ आत्मसाथ गर्दै निरन्तर सेवामा रहेको भक्तिपथ फाउन्डेसनको कास्की जिल्ला कार्यसमिति चयन भएको छ । प्रसिद्ध कथावाचक/ आध्यात्मिक प्रवक्ता शीतल कृष्णजी महाराजको सत्सङ्कल्प अनुरुप स्थापना भएको फाउन्डेसनले युवा हरुका लागि प्रशिक्षण , दुखि गरिवहरुका लागि फुड बैंक योजना आदि जस्ता पूर्वीय दर्शनको मर्म अनुसार कार्य सम्पादन गर्दै आइरहेको छ । कास्की जिल्ला समिति अध्यक्षमा गिरिराज अधिकारी , उपाध्यक्षमा सन्तु पौडेल , सचिवमा भानु भण्डारी , कोषाध्यक्षमा तीर्थ शर्मा ढकाल , सह सचिवमा गिरिराज पौडेल , सदस्यहरुमा धर्मदत्त अधिकारी , गोकर्ण अधिकारी ,तुलसी दाहाल , कमला थापा , सावित्री भट्टराई , सूर्य प्रसाद वराल , कमल पौडेल ,जुक्ति प्रसाद अर्याल , दूर्गादेवी बाँस्तोला चयन हुनुभएको छ । सल्लाहकार समितिमा पत्रकार सुस्मा पौडेल , धार्मिक अभियान्ता पार्वता पौडेल , पर्यटन व्यवसायी बच्चुराम तिवारी रहनुभएको छ । मनुष्यमा असल चरित्र निर्माण पश्चात् मात्रै समाज , राष्ट्र असल हुने र विशेष गरि युवाहरु कुलत र खराव आचरणबाट मुक्त भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने कुरामा आचार्य महाराज श्रीले जोड दिनुभयो । उहाँले पूर्वीय दर्शनको अनुसरण गर्दै धर्म , संस्कार र संस्कृतिको संरक्षणमा लाग्न समेत आह्वान गर्नुभयो । नवगठित समितिका अध्यक्ष अधिकारीले संस्थाको भावना अनुरुप अगाडि बढ्ने प्रण गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति भएको थियो ।

May be an image of 3 people, people standing and indoor
समिति बिस्तारको क्रममा बैठक चल्दै

May be an image of 4 people, including Sukriti Sheetal Krishna, Ashok Bhattarai and Sheetal Krishna, people standing and indoor
भक्तिपथ फाउण्डेशनका संस्थापक अध्यक्ष आचार्य श्रीशितल कृष्ण जी महाराज द्वारा जिम्मेवारी हस्तान्तरण गर्दै
अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्