कुनै बेला केवल खबर आदान–प्रदानका लागि मात्रै मोबाइल फोनको प्रयोग गरिन्थ्यो । फोनमा इन्टरनेटको पहुँच थिएन र अहिलेजस्तो आधुनिक प्रविधियुक्त डिभाइस पनि थिएनन् । 

प्रविधिले ल्याएको परिवर्तनलाई धेरै अभिभावकहरू नकार्न सक्दैनन् । अहिलेका बालबालिका अडियो–भिडियोको दुनियाँमा मख्ख पर्दछ । अभिभावकहरूले खाँदा, बस्दा, पढ्दा, सुत्दा जतिबेला पनि बच्चाहरूलाई प्रविधिसँग नजिक बनाएका छन् । जसले गर्दा बच्चाहरुमा लत बसेको छ । 

कुनै कुरामा लत लाग्नु भनेको दिमाग एकोहोरो हुनु हो भन्छन् मनोवैज्ञानिक परामर्शदाताहरु मेसिनसँगको लगावले बच्चामा परिवारसँगको आत्मीयता घट्ने बताउँन् । बच्चाहरूको सम्बन्ध त आमाबुवासँग हुनुपर्छ, ग्याजेटसँग होइन । तर स्मार्टफोन धेरै प्रयोग गर्दा बच्चाहरू साथीभाइसँग घुलमिल हुन नमान्ने र डराउने गरेका छन् । ‘ग्याजेटले बच्चाको क्षमतालाई घटाउँदै लगेको छ । स्मार्टफोनबाट बच्चाले ज्ञानगुनका कुराहरू एकोहोरो रूपमा मात्र लिन्छन् । ती कुरा दोहोरो रूपमा अभिव्यक्त गर्न सक्दैनन् । आफ्नो कुरा अभिव्यक्त गर्न नसक्ने भएपछि बच्चाहरू रिसाहा स्वभावका हुन्छन् ।

स्मार्टफोन बच्चाहरुको लागिः खाना खुवाउने सजिलो उपाय बनेको छ ।  खाना खुवाउँदा सकभर मोबाइल फोन नदेखाउन मनोपरामर्शदातहरुले सुझाव दिने गरेका छन् । 

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्