भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गर्न सुवालको माग

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठूल्ठूला भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सुवालले भने, ‘ठूल्ठूला भ्रष्टाचारी, बलात्कार गरेका अपराधीहरू, मानवअधिकारको गम्भीर उल्लंघन गरेका र नेपालको गुह्य कुरा विदेशीलाई पुर्‍याउने देशद्रोहीलाई अहिलेको संविधान संशोधन गरी मृत्यदण्ड दिने कानूनी व्यवस्था गर्न आवश्यक छ।’

उनले बलात्कारको जघन्य अपराधमा संलग्न, मानवअधिकारका गम्भीर उल्लंघनकर्ता र नेपालको आन्तरिक कुरा विदेशीलाई पुर्‍याउनेहरूलाई पनि मृत्यदण्डको सजाय दिने गरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्