सिंहदरवारभित्र उच्च क्षमताका पाँचवटा चार्जिङ स्टेसन निर्माण हुने

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

काठमाडौं- मुलुकको प्रमुख प्रशानिक केन्द्र सिंहदरबारभित्र उच्च क्षमताका पाँचवटा चार्जिक स्टेशन बन्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ करोड लगानीमा ती चार्जिङ स्टेशन बनाउन लागेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी फागुन २८ गतेदेखि तीस किलोवाट क्षमताका चार्जिङ स्टेशन निर्माण कार्य सुरु गर्नेछ भने आगामी असार १३ गते सम्पन्न गरिने भएको छ ।

सिंहदरबार प्रमुख प्रशासनिक केन्द्र भएपनि विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । त्यसैको अभाव पूर्तिका लागि मन्त्रालयले उच्च क्षमताको चार्जिङ स्टेशन बनाउन लागिएको उर्जा मन्त्रालयले जनाएको छ । यी चार्जिङ स्टेशनले एक घण्टाभित्र सवारी साधन चार्ज गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको नेपाल विद्युत् प्राधिकरणले मुलुकभरी ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । जसमध्ये १२ वटा सञ्चालनमा आईसकेका छन् भने ३२ वटाको जडान सम्पन्न भएको छ ।-

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्