संरक्षणको पर्खाईमा राष्ट्रनिर्माताको मावली घर

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

अर्घाखाँची- चौविसे राज्य अन्तर्गत महत्वपूर्ण इतिहास बोकेको अर्घाखाँचीको खाँची दरवार संरक्षणको पर्खाईमा रहेको छ । यो दरवारमा चौधौं शताव्दीका १५ औं राजा दलजित शाह र रानी सुभद्रावतीको कोखवाट चन्द्रप्रभावतीको जन्म भएको थियो ।

पृथ्वीनारायण शाहको पालनपोषणदेखी उनलाई नेपालको एकीकरण, राज्य सञ्चालन तथा युद्ध कौशलता सिकाउने कार्यमा जेठि आमा चन्द्रप्रभावतीको योगदान भएको इतिहासमा उल्लेख छ ।

खाँचीकोट दरबारमा पुग्नका लागि केही बर्ष अगाडी चन्दननाथ गणका सेनाहरुले शुरु गरेको सिढी निर्माणको कार्यलाई लुम्विनी प्रदेश सरकारले समपन्न गरेको भएपनि यहाँरहेको ऐतिहासिक दरवार, नौ सय वर्षअघि निर्मित खानेपानी ट्याङ्की लगायतका संरचनाहरु हालसम्मै जीर्ण अवस्थामा रहेका छन् ।

दरवार प्राङ्गणमा रहेको देवीको मन्दिरमा दैनिकी बज्दै आएका घन्कने बाजा र पूजा समेत बजेट अभावका कारण बषौंदेखी बन्द गरिएको छ । बडादशैंको त्रयोदशीका दिन जिल्लाकै सबैभन्दा दोस्रो ठूलो मेला लाग्ने ऐतिहासिक यो स्थानको अध्ययन र अवलोकनका लागि बेलावखतमा विधार्थीहरु आउने गर्दछन् ।

सामुन्द्रिक सतहदेखी १८ सय मिटर उचाईमा रहेको खाँचीकोट दरवारलाई व्यवस्थित गरि प्रचारप्रसारमा ध्यान पुर्‍याउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकका लागि यो स्थान कोशे ढुङ्गा सावित बन्ने छ ।-

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्