लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

दाङ– लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न चार बजेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको लागी दावी पेश गर्न समय दिनु भएको छ ।

सो समयभित्र माओवादी लगायत अन्य दलको समर्थनमा एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउनेगरी दावी पेश गरिने छ । त्यसपछी प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुहुने छ ।

लुम्बिनीमा कुनैपनि दलको बहुमत नपुगेकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्री नियुक्तीको लागी आह्वान गर्नु भएको छ । अब प्रदेश प्रमुखले दिएकै समय सिमाभित्र मुख्यमन्त्री नियुक्तीको दावी पेश गरिने भएको छ ।

एकदिन अगाडी मंगलबार दावी पेश गर्ने तयारी गरेपनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछी मंगलबार दावी पेश हुन नसकेको प्रदेश सभा सदस्य तथा एमाले नेता भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आह्वान गर्नु भएको थियो । नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थमान बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।

सोही प्रावधानअन्तर्गत प्रदेश प्रमुखले पुस २७ गते बुधवार अपराह्न चार बजेसम्मको समयमा दावी पेश गर्न समय दिइएको हो ।

एमाले २९, माओवादी नौ, राप्रपा, नागरिक उन्मुक्ती पार्टी चार-चार, जनमत पार्टी, जसपाको तीन-तीन सिट छ । यहाँ नेपाली कांग्रेस २७, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादीका एक-एक, लोकतान्त्रिक समाजवादी तीन र स्वतन्त्र तीन जना छन् ।-

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्