समिक्षा भन्छिन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो’

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

पछिल्लो केही समययता सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी गायिका समीक्षा अधिकारीले सोसल मिडिया म्यानेजर राखेकी छिन् । उनले सामाजिक संजालमा राख्ने स्टाटसहरूले गर्दा उनले म्यानेजर राखेको भनेर लख काट्न गाह्रो छैन ।

उनको आधिकारी सामाजिक सञ्जालबाट अहिले अलिक गम्भिर र भावुक विषयमा स्टाटस आउन थालेका छन् । आज पनि उनले बचनले दिएको घाउ मेट्न नसकिने बताउँदै एक स्ट्याटस पोष्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो ।

वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्